सलमान खानले 'बीवी नम्बर १', 'मैने प्यार क्युन किया' लगायतका धेरै फिल्महरूमा सुष्मिता सेनसँग स्क्रिन साझेदारी गरेका छन् । सलमान निरन्तर बलिउडमा एक पछि अर्को गर्दै हिट चलचित्रका साथ आइरहेका छन् भने उनकी सहकर्मी अभिनेत्री सुष्मिता सेन लामो समय अभिनयको दुनियाँबाट हराइन् । लामो समयको ब्रेक पछि सुष्मिताले वेब सिरिज 'आर्या' बाट कम ब्याक गरेकी छिन् । आर्यामा सुष्मिताले गरेको कामलाई दर्शकले मन पराइरहेका छन् । उनको कम ब्याक निकै सुखद भएको प्रतिक्रिया आइरहेको छ । यसैबिच सलमान खान पनि सुष्मिताको कामबाट प्रभावित भएका छन् । उनले सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गर्दै सुष्मिताको कलाको तारिफ गरेका छन् । र सुष्मिताको चरित्र आर्या वास्तविक 'दबंग' भएको समेत भनेका छन् । उनले सुष्मिताले पुन अभिनयमा फर्किनु निकै राम्रो र स्वागत योग्य रहेको पनि बताएका छन् साथमा उनलाई स्वागत पनि गरेका छन् । सलमानको तारिफमा सुष्मिताले प्रतिक्रिया दिँदै यो माया र तारिफका लागि धन्यवाद' भनेकी छिन् । सलमानले पोस्ट सहित सार्वजनिक गरेकी भिडियोमा सुष्मिताको तारिफ गर्दै फेरि स्वागत गरेका छन् ।