चलचित्र ‘कृ’ बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी अभिनेत्री अदिति बुढाथोकीको आज जन्मदिन परेको छ । उनले लकडाउनका कारण आफ्नै घरमा जन्मदिन मनाइरहेकी छिन् । नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नु अगाडी उनी भारतमा   व्यस्त रहेकी थिइन् । बोल्डनेसका कारण सधैँ चर्चामा आउने उनलाई सामाजिक सञ्जालमा उनका फ्यान, आफन्तले शुभकामना दिइरहेका छन् । सामाजिक सञ्जालमा निकै लोकप्रिय यी नायिका दोस्रो चलचित्र ‘बेञ्जो’को तयारीमा छिन् । चलचित्रका निर्देशक सुरेन्द्र पौडेल हुन् । अदितिको पहिलो फिल्म कृ पनि उनैले निर्देशन गरेका थिए । पहिलो चलचित्रबाट नै उनलाई सम्भावना भएकी नायिकाको रूपमा हेरिएको थियो । यद्यपि लामो समयको ब्रेकपछि उनले दोस्रो चलचित्रमा गायक नितेशजंग कुँवर स्क्रिन सेयर गर्दै छिन् । यसै चलचित्रको तयारीका लागी नेपाल आएकी उनी लकडाउनका कारण यति बेला नेपालमै छिन् । उनले केही भारतीय म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् । आफ्नो कलाकारितालाई लिएर अगाडी बढ्न सङ्घर्ष गरिरहेकी सुन्दरी नायिका अदितिलाई जन्मदिनको शुभकामना!!