वरिष्ठ हाँस्य कलाकार किरण केसीको आज जन्मदिन परेको छ । आज असार १५ गते आफ्नो जन्मदिनको अवसरमा सामान्य कार्यक्रम गरेर उनले जन्मदिन मनाउँदै छन् । यस अघिका वर्षहरूमा जन्मदिनको साथमा दही चिउरा भोजको आयोजना गर्दै दुई कलाकारलाई सम्मान समेत गरी मनाउने गर्थे । तर यस वर्ष कोरोना महामारीका कारण जारी लकडाउनका कारण उनले सम्मान कार्यक्रमलाई मात्र निरन्तरता दिइने उनले बताएका छन् । केसीले यो पटकको जन्मदिनमा कलाकारिता क्षेत्रबाट वरिष्ठ चरित्र अभिनेत्री लक्ष्मी गिरी तथा लामो समयदेखि मनोरञ्जन क्षेत्रमा कलम चलाउँदै आएका चलचित्र क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका वरिष्ठ पत्रकार डब्बु क्षेत्रीलाई नगद सहित सम्मान गर्ने निर्णय गरेका छन् । 'राता मकै'को उपनामले चिनिने उनलाई टेली शृङ्खला 'तितो सत्य'ले निकै लोकप्रिय बनायो । उनले हाल सम्म सय भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् भने उनले पछिल्लो पटक चलचित्र 'लक्का जवान'को निर्माण गरेका छन् । नेपाली हास्य व्यङ्ग्य क्षेत्रमा निकै लोकप्रिय राता मकैलाई जन्मदिनको विशेष शुभकामना!!