शुक्रवार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले चलचित्र क्षेत्रमा भोगेको कुराहरू सेयर गरेकी थिइन् । उनले आफूले काम गरेका चलचित्रका निर्माताहरूबाट राम्रो व्यवहार नपाएको दाबी गर्दै उक्त भिडियो सार्वजनिक गरेकी थिइन् । उनले आफूले निकै सम्मान गर्ने एक व्यक्तिले सुटिङतकको समयमा आफूलाई दुर्व्यवहार गरेको र आफूलाई एक सामान्य मान्छेले पाउनु पर्ने सम्मान पनि नदिएको भनेकी थिइन् । साथमा सुटिङमा उपयुक्त खाना र पानीको समेत व्यवस्था नभएको र यस बारे कुरा गर्दा अपशब्द प्रयोग भएका जस्ता कुराले आफूलाई निकै चोट पुगेको कुरा भिडियोमा उल्लेख गरेकी थिइन् । उनको अभिव्यक्ति पछि नेपाली फिल्म क्षेत्रमा यसबारे चर्चा सुरु भएको छ । योसँगै निर्माता तथा अभिनेता भुवन केसीले साम्राज्ञीलाई कटाक्ष गरी प्रतिउत्तर फर्काएका छन् । उनले आइतबार सामाजिक सञ्जालमा एक साम्राज्ञी लक्षित एक स्ट्याटस राखे जसमा 'जुन थालमा खाने त्यही थालमा दुलो पार्ने' भनिएको थियो । केसीले सामाजिक सञ्जालमा गर्ने अभिनय फिल्ममा गरेर देखाउन पनि आग्रह गरेका छन् । साम्राज्ञीले केसीकै चलचित्र 'ड्रीम्स'बाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी थिइन् । भुवनको यस किसिमको जवाफ पाएपछि साम्राज्ञीले यसको जवाफ साम्राज्ञीले पनि फर्काएकी छन् ।  

इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै उनले 'उहाँले मसँग राम्रो व्यवहार गर्नुभएको थियो भने यो अवस्था आउने नै थिएन' भनेकी छिन् । केसीले आफूलाई एक अवार्डमा जाँदा यस आफूले गरेको व्यवहार बाहिर नल्याउन अनुरोध गर्दै, 'तँ मेरो प्रोडक्ट हो । अब पुरानो कुरा कोट्याएर के फाइदा, तँ एउटा ठाउँमा पुगिसकिस् यस्तो कुरा नगर' भनी सम्झाएको पनि उल्लेख गरेकी छिन् । केसीले त्यस बेला पनि आफूलाई असजिलो हुने गरी नजिकिएको बताएकी छिन् ।  उनले आफूलाई त्यस बेला पनि भित्रैदेखि घिन लागेको तर केही भन्न नसकेको सुनाएकी छिन् । उक्त भिडियो बनाइरहँदा साम्राज्ञीले भुवनको नाम उच्चारण भने गरेकी छैनन् । उनले आफूलाई म्यासेज मा स्क्रिन सट आएको भ नि कुरा सुरु गरेकी छिन् ।  उनले आफूलाई त्यस बेला पनि भित्रैदेखि घिन लागेको तर केही भन्न नसकेको सुनाएकी छिन् । उनका अनुसार आफूलाई यो नीच व्यवहारको विरुद्ध बोल्ने हिम्मत कसैले नदिएको गुनासो समेत गरेकी छिन् । बलिउडबाट सुरु भएको नातावाद र समूहवादको विवाद नेपालमा पनि निकै चर्किएको छ । यसले फिल्म इन्डस्ट्री भित्र हुने नराम्रा कुरा त बाहिर ल्याएको छ अझ फिल्म इन्डस्ट्रीमा आउन चाहने नयाँ पुस्तालाई पनि यस्ता दुर्घटनासँग साक्षात्कार गर्न साहस जुटाउन हिम्मत दिएको छ । 

साम्राज्ञी र भुवन केसी बिचको आरोप प्रत्यारोपको दोहोरी