हाँस्य कलाकार तथा अभिनेत्री कुन्जना घिमिरे (सुन्तली) को आज जन्मदिन परेको छ । लकडाउनका कारण घरमा नै रहेकी कुन्जनाले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउँदै छिन् । ललितपुरमा जन्मिएकी उनी कुशल कलाकारका साथमा सामाजिक अभियन्ता समेत हुन् । हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा ‘सुन्तली’ को भूमिका निभाएकी उनी 'सुन्तली'को नामले बढी चिनिन्छिन् । दर्शकको मनमा बस्न सफल उनलाई आज बिहानै देखी जन्मदिनको शुभकामनाको ओइरो लागेको छ । उनको जन्मदिनमा श्रीमान सिताराम कट्टेल (धुर्मुस) ले सामाजिक सञ्जालमा निकै प्रेमिल शुभकामना दिएका छन् ।नेपालीको मुहारमा खुसी ल्याउन अगाडी बढ्ने र चुनौतीहरू सामना गर्ने कुन्जनालाई जन्मदिनको शुभकामना !!