गायिका मिलन नेवार र गायक तथा सङ्गीतकार राजनराज सिवाकोटीको नयाँ गीत सार्वजनिक भएको छ । असार १५ को अवसर पारेर ‘तिमी उता म यता’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा शब्द र सङ्गीत गायक राजनराज कै रहेको छ । मिलन नेवारको युट्युब च्यानल बाट सार्वजनिक गरिएको गीत को भिडियोमा मिलन र राजनराजकै अभिनय छ । उनीहरूका साथमा राजनराजकी छोरी आरिश्मा सिवाकोटीको पनि अभिनय रहेको छ । राजेशपुमा राईले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन छ । गीत ले बाध्यताले टाढा भएका प्रेमी प्रेमिकाको मनको भाव बोकेको छ ।