पछिल्लो समय अभिनेत्री प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको प्रेम सम्बन्ध चर्चा सिने नगरीमा बढ्दो छ । यी दुईको प्रेम चर्चाबाट टाढा सायदै कमै होलान् । तर यतिबेला यी प्रेमील जोडी एकअर्कासँग झगडा गरिरहेका छन् ! यो झगडा वास्तिवक जिवनमा नभई गायक केदार बरुवाल क्षेत्रीको नयाँ गीत ‘एक पल’को रहेको छ । शाहिल खड्काको शब्द तथा संगीत रहेको ‘एक पल’ बोलको म्युजिक भिडियो सोमबार सार्वजनिक भएको हो ।

 

भिडियोमा प्रियंका र आयुष्मानको जोडीलाई देखाइएको छ । पासाङ योञ्जन लामाको निर्देशनमा बनेको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका छन् भने प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।