सरकारको अनियमितता र अस्त व्यस्ततालाई व्यङ्ग्य गर्दै र्यापर राजन केसीले गीत सार्वजनिक गरेका छन् । र्यापर केसीले युट्युबमा 'जवाफ चाहियो' बोलको र्याप गीत सार्वजनिक गरेका हुन् । सरकारले यस्तो विषम परिस्थितिमा पनि जनताको पक्षमा काम नगरेको बरु उल्टै कर बढाउने र अभिव्यक्ति स्वतन्त्रतामा समेत अङ्कुश लगाउने काम गरेको विषय गीत ले उठाएको छ । केही दिन अघि सरकारले कोरोना भाइरस नियन्त्रणको लागी भएर छुट्टाएको १० अर्वमा अनियमितता र भ्रष्टाचार भएको तथा यो सङ्क्रमणको घडीमा रोजीरोटी गुमाएका जनताको लागी केही गर्न नसकेको भनी विरोध भएको थियो । राजनले यही परी स्थितिमा आधारित भएको गीत तयार पारेका हुन् । गीत फ्लाइङ वर्डस् युट्युब च्यानलमा आइतबार सार्वजनिक गरिएको हो । उनले जनताका तर्फबाट तमाम प्रश्नको जवाफ र न्याय चाहियो भनि गीत मार्फत आवाज उठाएका छन् । गीतमा शब्द र स्वर राजन केसी कै रहेको छ ।