प्रदीप खड्का अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ । देशभक्ति भाव बोकेको ‘जय जय नेपाल’ बोलको गीत युट्युबमा सार्वजनिक भएको हो । सार्वजनिक गीतमा सत्य स्वरूपराज आचार्य, प्रताप दास, प्रविशा अधिकारी र विपिन घिमिरेले स्वर दिएका छन् । अशोक शेरचनको शब्द रहेको गीतमा सङ्गीत एलिश कार्कीको सङ्गीत रहेको छ । भिडियोमा प्रदीप खड्कासँगै नीति शाह र सबै गायक गायिका फिचर्ड छन् । देश प्रेमको भाव बोकेको गीतको भिडियोलाई नितिन चन्द निर्देशन गरेका हुन् । गीतमा अभिनेता खड्कालाई फरक लुकमा देख्न सकिन्छ । मेचीदेखि कालीसम्म एउटै आवाज गुञ्जने र हामी सबैलाई सिङ्गो देश चाहिने भावना गीतमा प्रस्तुत गरिएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत हेर्न सकिन्छ ।