गायक रवि ओड र सम्झना ओलीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'तिमि बिजी टिकटकमा' बोलको गीत युट्युबमा सार्वजनिक भएको हो । गीतमा सम्झना ओलीको शब्द तथा सङ्गीत रहेको छ । सोमवार गीत कार सङ्गीतकार ओलीको युट्युब च्यानलमा सार्वजनिक गरिएको गीत को भिडियोमा  सागर लम्साल 'बले' र रेश्मा घिमिरे फिचर्ड छन् । निशान घिमिरेको निर्देशन रहेको भिडियोलाई  उत्सव दाहालले खिचेका हुन् भने भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।  पछिल्लो समय निकै लोकप्रिय भएको टिकटकको विषयमा बनेको यस गीत रमाइलो र यथार्थ बोकेको छ ।