केही दिन अघि दिएको एउटा अन्तर्वार्ताका कारण विवादमा आएकी कलकार निर्देशक दीपाश्री निरौलाले माफी मागेकी छिन् । अभिनेता राजेश हमालबारे दिइएको अभिव्यक्तिका कारण विवादमा परेकी उनले सार्वजनिक रूपमा क्षमा याचना गरेकी हुन् । उनले राजेश हमाललाई महानायक नमान्ने आफ्नो हैसियत नभएको भ नि आफ्नो फेसबुक वालमा लामो स्ट्याटस पोस्ट गर्दै हमालका फ्यान सँग माफी मागेकी हुन् । उनले स्ट्याटसमा आफू राजेश हमाललाई भगवान नै मान्नुपर्छ भन्ने पक्षमा नरहेको पनि उल्लेख गरेकी छिन् । चलचित्र क्षेत्रको महानायक भएपछि चलचित्र क्षेत्रमा परेको विषम परिस्थितिमा एउटा अभिभावकको भूमिका निर्वाह गरेर, आफूलाई वर्षौँदेखि सहयोग गरेका प्राविधिकलाई परेको पिर मर्कामा सहयोग गर्न नसकेको र हमाल महानायक हुन नसक्ने भनी अभिव्यक्ति दिएकी थिइन् । उनको यस अभिव्यक्तिले हमाल का फ्यान भड्किएका थिए भने दीपाको आलोचना भएको थियो ।
हेरौँ माफी माग्दै के लेखेकी छिन् उनले:
आदरणीय साथिहरू:
भगवान रामले एउटा सामान्य नागरिकको कुरा सुनेर सीता माता लाई जङ्गल पठाएको कुरा को ठुलो विरोध भयो, स्वयं भगवान राम पनि आलोचनाका पात्र हुन पुगे !!
श्री कृष्ण भगवान माथि पनि बेला बेलामा
औला उठाइयो भने , मैले चलचित्र क्षेत्रको महानायक भएपछि चलचित्र क्षेत्रमा परेको विषम परिस्थिति मा एउटा अभिभावकको भूमिका निर्वाह गरेर, आफूलाई वर्षौँ देखि सहयोग गरेका प्राविधिकहरू लाई परेको पिर मर्कामा सहयोगी किन हुन सक्नु भएन भन्ने आशयले यो विषयमा बोलेको हुँ..
के प्रधानमन्त्री, के महानायक, के कलाकार , अथवा के भगवान
सबै सँग गुनासो गर्न पाइन्छ ,
एउटा उच्च सम्मानमा बसेको मान्छे बाट केही आशा पनि हुन्छ नै मेरो आशय त्यति मात्रा हो !!!
राजेश हमाल लाई सुपरस्टार नै होइन भन्ने हैसियत मेरो थिएन , छैन र हुने पनि छैन , मेरो पहिलो चलचित्रको नायक हो उहाँ, उहाँलाई महानायकको रूपमा अस्ति मात्रै पनि मुन्द्रेको कमेडी क्लबमा अत्यन्त सम्मान गरेकै छु ! हेर्न सक्नु हुन्छ !
काठमान्डु मा पाउरोटी समेत खान नपाएर सङ्घर्ष गरेर यो स्थानमा आएकी म सामान्य कलाकार हुँ , मेरो विगतले नै मलाइ घमन्ड गर्ने अनुमति दिँदैन ,म यो क्षेत्रमा ३० वर्ष देखि छु , टुप्पो बाट पलाएको पनि छैन .. हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो , हुनुहुन्छ र पछि सम्म रही रहनु हुनेछ ..तर उहाँले महानायकको हिसाबमा चलचित्र क्षेत्रको पिडामा मलम पनि लगाउन सक्नु पर्छ नत्र त्यो पदमा शङ्का उत्पन्न हुन्छ पनि भन्न नपाइने गरेर उहाँलाई भगवान नै बनाउने पक्षमा म थिइन र छैन पनि .... तथापि मेरो अभिव्यक्ति ले उहाँ सुपरस्टार नै होइन भन्ने बुझिन गएको मा भने म सबै हमालज्यूको फ्यानहरू सँग माफी माग्दछु र भविष्यमा अन्तर्वार्ता , पत्रकार को आशय र उसको उद्देश्य बुझेर शब्द संयोजनमा सचेत भएर , जवाफ दिने कोसिस गर्नेछु !
एउटा महिला कलाकार हुँ , कतिपय व्यक्तिले गर्नु भएको अत्यन्तै असभ्य गाली, पचाउनै नसक्ने आरोपहरू , सुन्न पनि हिचकिचाइनु पर्ने शब्दहरू लाई पनि सामान्य रूपमा नै लिएको छु किनकि म त कलाकार हुँ, हामीले सहनू नै पर्छ .. एउटा प्रश्न चाहिँ उब्जिएको छ मनमा , घरमा तपाइका दिदी बहिनीले पनि यस्तै एउटा भूल गर्दा यसै गरेर अपशब्द प्रयोग गरेर गाली गर्नु हुन्छ ?
अब मलाइ साच्चिकै माया गर्ने , मेरो त्रुटिमा मन दुखाउने र सुझावहरू दिने आदरणीय महानुभाव हरू प्रति त म सधैँ झैँ नतमस्तक छु
मेरो कारणले मन दुखेको होला क्षमा चाहन्छु है?
पछिल्ला दिनहरूमा कलाकारले अन्तरवार्ता मा होस् या अन्य अवस्थामा आफ्नो अभिव्यक्ति दिँदा विचार नगरी र तयारी नगरी बोल्दा निकै आलोचना खेपिरहेका छन् । यसले कलाकारले आफ्नो अभिव्यक्ति राख्नु अघि केही सोचेर वा तयारी गरेर मात्र बोल्नु पर्ने हो कि भन्ने प्रश्न उठेको छ । एउटा कलाकार माथि सबैको नजर पुगिरहेको ।हुन्छ उसले बोल्ने कुरा देखि रहनसहनको बारेमा जानकारी राख्ने उत्सुकता दर्शकहरूमा हुन्छ नै यसर्थ आफूलाई माया गर्ने र सम्मान दिने दर्शकको मन राख्न कै लागि भए पनि कलाकारले अलि बढी सजग हुनु पर्ने देखिन्छ ।