विवश विक्रम नायक छेत्री र दि भ्वोइस अफ नेपाल २ कि प्रतिस्पर्धी शशिका राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको शब्द तथा सङ्गीत रहेको गीत 'मलाई माया गर्नी को' युट्युबमा सार्वजनिक भएको हो । कलेज नेपालको ‘आजकालको लव’ बाट ‘जिन्दगीको गोरेटोमा’ भन्ने थेगोबाट चर्चामा आएकी कञ्चन खड्का र प्रथम क्षेत्री फिचर्ड गीत प्रथम क्षेत्रीकै युट्युबमा सार्वजनिक गरिएको हो । प्रथमको कथा, कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोको डिओपी नवराज उप्रेतीले गरेका हुन् । डान्सिङ प्याट्रनमा निर्माण भएको गीतले प्रेमको भाव व्यक्त गरेको छ ।