चलचित्र क्षेत्रमा महिला माथि हुने गरेको दुर्व्यवहारको कुरा उठिरहँदा निर्देशक विशाल भण्डारीले चलचित्र क्षेत्रमा पुरुष पनि प्रताडित भएको खुलाएका छन् । उनले चलचित्र क्षेत्रमा पुरुषबाट महिला मात्र होइन महिलाबाट पुरुषहरू समेत प्रताडित भएको भन्दै सामाजिक सञ्जालमा आफ्नो विचार राखेका छन् । विभिन्न तरिकाले मानसिक तनाव झेल्न बाध्य बनाउने महिलाको बारे मौन बसेका पुरुष पनि अगाडि आउन आवश्यक रहेको बताएका छन् । उनी भन्छन्, 'विभिन्न समयमा विभिन्न तरिकाले पुरुषलाई प्रयोग गर्न पल्केका महिला जमातको पनि कमी छैन' । यसबारे प्रस्ट पार्दै उनी भन्छन्, 'यहाँ कुरा महिलालाई गरिने दुर्व्यवहारको मात्र हैन, दरिद्र सोचको पनि हो । कामको लोभमा गरिने आचरण र त्यसको नतिजाको पनि चर्चा हुन जरुरी छ । हरेक घटनाको तीन पाटो हुन्छ । पहिलो पक्ष, दोस्रो पक्ष अनि सत्य । सत्य कहिले बाहिर आउँदैन ।' घटनाको यथार्थ र गहिराइ नबुझी धारणा व्यक्त गर्दा निर्दोषलाई मानसिक पीडा हुनेमा पनि उनी जोड दिन्छन्, ।  

हेरौँ के भन्छन् उनि :   

यहाँ कुरा महिला लाई गरिने दुर्व्यवहारको मात्र हैन दरिद्र सोचको पनि हो।।

यहाँ कामको लोभमा गरिने देखाइने आचरण र त्यसको नतिजाको पनि चर्चा हुन जरुरी छ।

महिला बडी प्रताडित छन् यसमा दुई मत छैन तर विभिन्न समयमा विभिन्न तरिकाले पुरुषलाई प्रयोग गर्न पल्केका महिला जमातको पनि यहाँ कमी छैन।।

विभिन्न तरिकाले मानसिक तनाव झेल्न बाध्य बनाउने महिलाको बारे मौन बसेका पुरुष पनि अगाडी आउन आवश्यक छ।।

हरेक घटनाको ३ पाटो हुन्छ पहिलो पक्ष दोस्रो पक्ष अनि सत्य, सत्य कहिले बाहिर आउँदैन ।

वर्तमान समाजले पुरुषले महिलालाई थप्पड हान्दा कस्तो फटाहा रैछ केटो र महिलाले पुरुषलाई थप्पड हान्दा पनि पक्कै केटाकै गल्ती हो भन्ने एक पक्षीय धारणा बोकेको छ । यो धारणा नै परिवर्तन हुन जरुरी छ।।।।

सुन्दरतालाई हतियार बनाउन पल्केका महिलाले पुरुषलाई BLACK MAIL गर्न सक्ने गरी सामाजिक बहस हुनु हुँदैन।
सर्वपक्षीय बहसको आवश्यकता छ।।।।

घटनाको यथार्थ र गहिराई मापन नगरी धारणा व्यक्त गर्दा निर्दोषलाई मानसिक पिडा हुन पुग्छ।।।।

गलत प्रवृत्ति विरुद्ध आवाज उठाऔँ।
महिलाले महिला भएको फाइदा उठाउँदै पुरुषको सामाजिक प्रतिष्ठा धमिल्याउन नसकुन् र पुरुषले महिलामाथि विभिन्न दुर्व्यवहार गर्न नसकोस् ।।।

ल यसरी बहस छोडौँ हुन्न????

पुरुष पनि प्रताडित छन् यहाँ
तर महिला ठुलो सङ्ख्यामा पीडित छन् यसमा दुई मत छैन ।।।।