अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले आफू दुर्व्यवहार परेको खुलासा गरेयता नेपाली फिल्म इन्डस्ट्रीमा एक किसिमको तरङ्ग फैलिएको छ । यसले  साम्राज्ञी र नायक भुवन केसी बिच निकै ठुलो तिक्तता निम्त्याएको छ । साथै नेपाली फिल्म इन्डस्ट्री भित्र नदेखिई बसेका कयौँ पाटा बाहिर ल्याउनु पर्ने देखिएको छ । यस विषयमा सामाजिक सञ्जाल एवम् सञ्चार माध्यममा बहस चलिरहेको छ भने साम्राज्ञी र भुवनको पक्ष विपक्षमा बोल्नेहरू निस्किएका छन् । साम्राज्ञीले आफूलाई भुवनले ह्यारेस गरेको भनि आरोप लगाए पछि आफ्नो चरित्र हत्या भएको भन्दै भुवनले कलाकार सङ्घमा उजुरी हालेका छन् । यो बिचमा साम्राज्ञीको पक्षमा धेरै नायिकाहरू उभिएका छन् । भने भुवनको पक्षमा उभिने पनि धेरै छन् । अधिकांश नायिकाले नेपाली फिल्म इन्डस्ट्रीमा यस्ता कयौँ घटना भएको र बाहिर ल्याउनु पर्ने भनि साम्राज्ञीलाई साथ दिइरहेका बेला नायिका पूजा शर्मा भने भुवन केसीको पक्षमा उभिएकी छिन् । पूजाले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै नेपाली 'चलचित्र क्षेत्रलाई ताते ताते गर्दै यो स्थान सम्म ल्याइपुर्‍याउने भुवन केसी, राजेश हमाल र शिव श्रेष्ठ प्रति नतमस्तक छु ।' भनेकी छिन् ।

भुवन केसीको समर्थनमा उत्रिइन् नायिका पूजा शर्मा

उनी थप्छिन्, 'उहाँहरू जस्ता कलाकारकै कारण आफूलाई कलाकार भएर चिनाउने मौका पाएका छौँ । उहाँहरू जस्तो कलाकार पाउनु हाम्रो लागि गौरवको कुरा हो ।' पूजाले महानायक राजेश हमाल, सुपर स्टार भुवन केसी, सदाबहार नायक शिव श्रेष्ठ जस्ता कलाकार पाउनु हाम्रो लागी गौरवको कुरा हो समेत भनेकी छिन् । पूजाले यो स्ट्याटस राखेको केही समयमा नै आफ्नो वालबाट हटाएकी छिन् । यसै गरी भुवनलाई समर्थन गर्ने अर्का कलाकार हुन् सोभित बस्नेत । नले पनि फेसबुकमा स्ट्याटस लेख्दै  भुवन केसीले फिल्म क्षेत्रको लागि गरेको योगदानको अवमूल्यन गर्दै नराम्रो प्रचारबाजी गरेको बताएका छन् । उनी लेख्छन्, 'सदाबहार नायक भुवन केसी को  चलचित्र प्रति योगदान को अवमूल्यन गर्दै नराम्रो नराम्रो प्रचार बाजी गर्दै आउनु भएको मित्रहरू पहिला तपाई को हो ? र भुवन दाइको अगाडी तपाई कहाँ हुनु हुन्छ भन्ने कुराको  मनन गर्नु होला । भ्रामक कुरालाई सपोर्ट गर्दा कहीँ कतै तपाईँले उहाँको अनेकौँ वर्ष फिल्मी यात्रा को परिणामको कारण यो लाइनमा छु भन्ने बिर्सनु भो कि ?'