बर्षा बस्नेत/ काठमाडाैँ । शुक्रबारबाट चलचित्र ‘रुद्र’ प्रदर्शनमा आउँदै छन्। यसै चलचित्रबाट नव नायिका सारा र नायकको रुपमा विश्व शर्माले डेब्यु गर्दै छन्। निखिल उप्रेती प्रोडक्शनबाट निर्माण भएको ‘रुद्र’ प्रदर्शन हुन ४ दिन पनि बाँकी न रहँदा नव–नायिका साराको व्यस्तता बढ्दो छ । ‘रुटिन पुरै परिवर्तन भएको छ । कतिबेला त रुन पनि मन लाग्छ । खानको ठेगान छैन् । ममीले पनि कराउनु हुन्छ ।’ सारा भन्छिन् । यसरी अहिले पाएको दुख र गरेको मेहनतले पछि मिठो फल दिनेमा सारा विस्वत रहेको बताउँछिन् । साराको पूरा नाम सारा श्रीपाली हो । उनि आफ्नो पू्रा परिचय दिने भने रुचाउदिनन् । चलचित्र ‘रुद्र’ घोषणा गर्दा साराले आफ्नो थर भन्दा नामले चिनाउन चाहेको बताएकी थिइन् ।
सारा लगभग ५ बर्षको युके बसाई पछि फर्किएकी हुन् । उनि नेपाल चार्टड एकाउन्टेटको इन्टर्नसिपको लागि नेपाल आएकी थिइन् । चलचित्रको बारेमा केही नसोचेको साराको तर्क छ। भन्छिन्, ‘२ महिना जति भएको थियो नेपाल आएको । चिनेको एकजना आन्टी हुनुहुन्थ्यो । उहाँले गोपाल दाई ( चलचित्र वितरक गोपाल कायस्थ) चिन्नु हुँदो रहेछ । यसरी नै कु्रा भयो अनि चलचित्रको अडिशनको लागि बोलाउनु भयो ।’ उनले फिल्म इन्डस्ट्रीमा इन्ट्रीको कथा सुनाइन्। साराले युकेमा ४ वटा म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । ‘म्युजिक भिडियोमा थोरै मान्छे हुनुहन्थ्यो । आफैले पनि केही कुरा सिकाउदै गर्ने पाइन्छ । तर चलचित्र भनेको ठुलो क्यानभासमा बनाइने भएर होला गाह्रो लाग्ने रहेछ ।’ सुटिङको अनुभव सुनाउँदै सारा थप्छिन् ‘मलाई त सुरुमा डर लागेको थियो । यतिधेरै मान्छेहरु हुनुहुन्थ्यो । फेरी मैले पहिले अभिनयहरु केही सिकेको थिइन् । तर पछि काम गर्दै जाँदा सबैले मलाई सहयोग गर्नु भयो । भर्खर जन्मेको बच्चा थिए म कलाकारितामा त्यसैले सबैले मलाई समाल्नु भयो ।’
अझै पनि हाम्रो समाजमा आफ्नो छोराछोरी कलाकारिता लाग्छु भन्दा परिवारले साथ नदिने अवस्था छ । विशेष त महिलामा अझ बढि यो कुरा लागु हुन्छ । तर साराको जीवनमा भने परिवारिक रोकथोक छैन । सारा आफुलाई चलचित्रमा डेब्यु गराउने सम्पुर्ण श्रेय आफ्नी आमालाई दिन्छिन् । ‘ममीले नै हो मलाई चलचित्र खेल्नलाई प्रोत्साहन गर्नु भएको । ’ उनि भन्छिन् । आमाले जति बाबाले भने साथ नदिएको सारा बताउँछिन् । ‘कुनै पनि महिलाको लागि जुनै पनि काम जोखिम छ । परिबार , समाजको साथमा हामी बस्नु परेको हुन्छ । लगाएको लुगा, काम लगायतका कुरामा मान्छेलाइ असर पारेको हुन्छ । त्योबाट भने मेरो परिवार टाढा छ ।’ सारा भन्छिन् । चलचित्रमा काम गर्नु अघि यो क्षेत्रको बारेमा धेरै नराम्रो कुराहरु सुनेको सारा बताउछिन् । ‘नयाँ नायिकाहरुले सम्झैता गर्छन् । महिला प्रति दुर्व्यवहार हुने लगायतका कुराहरु सुनेको थिएँ । तर जब यहाँ आए अनि थाहा भयो । यहाँ त धेरै फरक रहेछ । सुनेको भन्दा निकै फरक छ । मैले दुईवटा चलचित्रमा काम गर्दा मलाई दुर्व्यवहार भएको महसुस गरेको छैन। ’ सारा थप्छिन् ‘ पछिल्लो समय शिक्षित मान्छेहरुको प्रवेश बढ्दो छ । अहिले धेरै मान्छेको सोचमा परिवर्तन आइसकेको छ ।’
उनी आफु चलचित्रमा लाग्नु अघि यस्तो दुर्व्यवहार भएको खण्डमा यो क्षेत्र छाड्ने योजनामा आएको बताउँछिन् । ‘ आउनु भन्दा अगाडी नै मेलै योजना बनाइसकेको थिए । यदि त्यस्तो कुनै व्यवहार मलाई हुन्छ भने म आफ्नो कामलाई अगाडी बढाउने छु ’ । उनी थप्छिन् ‘ साथीभाइ, परिवार सबैको मलाई साथ छ । अहिले सम्म मिडियाबाट पनि राम्रो साथ पाएको छु । दर्शकहरुले पनि राम्रो प्रतिक्रिया दिनु भएको छ । अब चलचित्र चलेपछि दर्शकले मेरो कामलाई मन पराइदिनु हुन्छ भन्ने आश गरेको छु’ ।