नेपाली फिल्म इन्डस्ट्रीमा विद्यमान नातावाद, समूहवाद लगायतका कुरा बाहिर आइरहेका छन् । यस विषयमा बहस चर्किरहँदा कतिपय अभिनेत्रीहरूले आफू दुर्व्यवहारको सिकार हुनुपरेको समेत बताइरहेका छन् । उनीहरूले आफूले चलचित्रमा काम पाउन देखी काम गर्ने क्रममा समेत विभिन्न कुरामा दुर्व्यवहार सहनु परेको बताइरहेका छन् । केही दिन यता अभिनेत्री साम्राज्ञी आर एल शाहले आफू पटक पटक दुर्व्यवहारको चलचित्र ‘अनुराग’ बाट नेपाली फिल्म इन्डस्ट्रीमा अभिनेत्रीको रूपमा डेब्यु गरेकी एलिजा गौतमले पनि आफू नातावाद र कृपावाद अनि समूहवादको सिकार हुनु परेको बताएकी छिन् । पत्रकार ऋषि धमलाकी पत्नी एलिजाले आफू विवाहित भएकै कारण कति चलचित्रबाट निकालिएको खुलाएकी छिन् । उनले प्रतिभावान व्यक्तिलाई भन्दा आफ्ना भाइ-भतिजालाई अवसर दिने प्रवृत्ति फिल्म क्षेत्रमा व्याप्त रहेको बताएकी छिन् ।

यसै कुरालाई व्यक्त गर्दै एलिजाले हालै एक अन्तर्वार्तामा, 'मलाई राम्रो फिल्मबाट अफर आएको छ भने रातारात त्यहाँ हिरोइन परिवर्तन भइहाल्छ' भनेकी छन् । आफू विवाहित भएर यो सब भएको उनको गुनासो छ । उनले आफ्नो पहिलो अभिनय र निर्माण रहेको चलचित्र अनुरागको बारेमा उनी भन्छिन्, 'मैले अडिसनबाटै हिरो लिए पनि दुःख गरेर आएको नयाँ मान्छेलाई ल्याएको हुँ । मैले ठुलो रिस्क मोलेको थिएँ । अरु कसले मोल्न सक्छ त्यस्तो रिस्क ?' साथमा उनले आफ्नो पहिलो चलचित्र असफल भए पनि हिम्मत नहारेको बताएकी छिन् ।