केही दिन अघि नेपाली फिल्म बजारमा एउटा कुराले निकै चर्चा पायो । त्यो हो अभिनेत्री दीपा श्री निरौलाले महानायक राजेश हमाल प्रति दिएको अभिव्यक्ति । उनले राजेश हमाल महानायक होइनन् भन्ने आशयको अभिव्यक्ति दिएपछि नेपाली चलचित्र प्रेमी उनको विरुद्ध उत्रिएका थिए । साथै दीपाले यो अभिव्यक्ति दिने हैसियत नभएको भनी उनको कटु आलोचना पनि भयो । यसरी सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि दीपाले माफी मागिन् । यसै विषयलाई लिएर नायक राजेश हमालले आफ्नो धारणा व्यक्त गरेका छन् । उनले आफ्नो विषयलाई लिएर आएको यस अभिव्यक्तिलाई सामान्य रूपमा लिएको बताएका छन् । एक अन्तर्वार्तामा बोल्दै उनले यस विषयबारे आफ्नो कुरा राखेका हुन् । हमालले कुरा गर्ने क्रममा उहाँले आफ्नो सम्मान नगरे पनि कलाकारिता क्षेत्रलाई सम्मान पक्कै गर्ने र कलाकारिता र नेपाली फिल्म इन्डस्ट्रीलाई बुझेको हुनुपर्ने बताएका छन् ।

उनले आफूले अभिनय सुरु गर्ने बेलामा चलचित्र क्षेत्रमा पनि बाँच्न सकिन्छ भन्ने स्थिति नभएको र आफ्नो प्यासनलाई कर्म बनाउन लागिपरेको भनेका छन् । उनले आफूलाई धेरै अनि कुन पनि चलचित्रमा काम गरेको आरोप लाग्ने र यस आरोप लगाउनु अघि तत्कालीन समयमा नेपाली चलचित्र व्यावसायिक रूपमा कुन स्थानमा थियो भन्ने बुझ्नु पर्ने सुनाए । 'अरूको टीकाटिप्पणी गर्नु अगाडी आफ्नो कर्ममा निरन्तर लागी पर्ने हो भने मैले पाएको उपाधि नपाए पनि अरु राम्रो उपाधि त अवश्य उहाँले पाउनु हुनेछ' उनी सुनिए । उनी भन्छन्, कलाकारिता क्षेत्र यसै बन्दैन त्यो क्षेत्र तब बन्छ जब विगत अनि वर्तमान सबै मिलेर योगदान दिएको हुन्छ । हरेकले केही न केही योगदान नगरी यो क्षेत्र आज यहाँ नआइपुग्ने थिएन ।' उनी थप्छन्, कुरा राख्नु अगाडी अलिकति बुझेर र अध्ययन गरेर साधारण तरिकाले बोलेको भए गहिराइमा बुझेर अभिव्यक्ति दिन सकेको भए पछि गएर स्पष्टीकरण दिँदा महाभारत रामायणको सहायता लिनु पर्ने थिएन । उनले सबैले सबैको तारिफ गर्नु पर्ने नभएको तर अरूले गरेको कामको कदर चाहिँ दिनु पर्ने उनको बिचार छ । उनले कला क्षेत्रमा आज पनि उत्तिकै नजिक भएको र आफूले यस विषयमा सोचिरहने बताए ।

कुराकानीको क्रममा हमालले आफूले पछिल्लो समयमा आजको विषम परी स्थितिमा पनि केही सहयोग लगायत केही सामान्य भनाइ नआएको बारे बोल्दै यस समयमा हरेकको जीवनमा आ-आफ्नो समस्या परेको हुन सक्ने बताए । यो असामान्य परी स्थितिमा आफ्नो व्यक्तिगत समस्याले गाँजेको हुनसक्ने कोही नजिकको मान्छे बिरामी परेको हुनसक्ने र आफ्नो जीवनमा कठिन अवस्था आएको हुन सक्ने भनी घुमाउरो जवाफ दिएका छन् । उनले आफ्नो व्यक्तिगत कुरा बाहिर नल्याउँदैमा सबै कुरा ठिक भएको नहुन सक्ने सुनाए । अरूको लागी के गर्‍यो भनेर सोध्नेले कहिल्यै तपाईँको जीवनमा कस्तो कुरा गुज्रिरहेको छ भनी कसैले नसोध्ने बताए । सहयोग भन्ने कुरा हुँदै जाने र यसको लागी समय लाग्ने उनको विचार छ । आफ्नो चलचित्र क्षेत्रमा गरेको यात्राले आफूलाई निकै सन्तुष्टि दिने र आफूलाई र आफ्नो करियरलाई नजिकबाट हेर्ने दर्शक आफ्नो वरिपरि भएको उनी सुनिए । यसबारे आफूले बताउँदै हिँड्नु नपर्ने उनको भनाइ छ ।