गायक रिकेश गुरुङको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘फेरी भेट नहोला’ बोलको गीत मङ्गलवार युट्युबमा सार्वजनिक गरिएको हो । म्युजिक भिडियो सहित सार्वजनिक गीतमा गायक रिकेशकै शब्द सृजना र कम्पोज रहेको छ । भिडियोमा निराजन प्रधान र सन्ध्या केसीको अभिनय रहेको छ भने अबिन भो'ले निर्देशन गरेका हुन् । भिडियो शिशिर महर्जनले खिचेका हुन् । प्रेम भाव बोकेको गीतमा फेरी भेट हुने नहुने टुङ्गो नभएको र आज भेट हुँदा हेरेर बोलिदेऊ भनिएको छ । भिडियोमा निराजन र सन्ध्याको केमेस्ट्री मिलेको छ भने गीतको अडियो र भिडियो दुवै सशक्त रहेको छ । गीत तथा भिडियो जी 21 को अफिसियल युट्युब च्यानलमा हेर्न सुन्न सकिन्छ ।