पछिल्लो समय बलिउडमा नातावादको विवाद र बहस निकै चर्किएको छ । यस विषयमा अधिकांश कलाकार तथा फिल्म कर्मीले आफ्नो धारणा राखिसकेका छन् । सुशान्त सिंह राजपुतको आत्महत्याले उठाएको यस विषयले निकै ठुलो र गम्भीर रूप लिइरहेको छ । यसै बिच बलिउड अभिनेता टाइगर श्रोफले नातावाद र गुटबन्दीको विषयमा बोलेका छन् । उनी बलिउड अभिनेता ज्‍याकी श्रोफका छोरा हुन् । यस हिसाबले उनी पनि नातावाद कै उत्पादन हुन् भन्ने आरोप उनलाई लाग्ने गरेको छ । नातावादको बारेमा बोल्दै उनले 'आफन्त र परिवारका सदस्य हुँदा बलिउड फिल्म इन्डस्ट्रीमा प्रवेश गर्न सहज भए पनि स्थापित हुन एकदमै कठिन रहेको' सुनाएका छन् । उनले इण्ड्रस्टीमा आफ्ना अभिभावक हुँदा उनीहरूको ख्यातिलाई गिर्न नदिने, अझ राम्रो गर्ने दबाब हुने यद्यपि एक तरिकाले मानिसको ध्यान खिच्न सजिलो पनि भएको बताएका छन् ।

उनले आफ्नो अभिनय यात्रा सम्झिँदै भने, ‘पिता इण्ड्रस्टीमा हुँदा म माथि बढी प्रेसर छ । मानिसहरूलाई लाग्छ हामीलाई सहज छ हामीले तर आफूलाई स्थापित गर्नका लागि दोब्बर मेहनत गर्नुपर्छ । मैले आफूलाई पिताको छाया र इमेजबाट बाहिर निकाल्न सकेको छु । उनले आफूलाई यहाँ सम्म आइपुग्न पिताले निकै सहयोग गरेको सम्झिएका छन् । पछिल्लो समय बलिउडमा टाइगरले राम्रो छाप बसाइरहेका छन् । मुख्यतः उनको एक्सनलाई दर्शकले निकै रुचाउँछन् ।