हिन्दु नारीको महान पर्व तीजको रौनक नेपाली म्युजिक इन्डस्ट्रीमा बिस्तारै पसेको छ । यस वर्षको तीजको कोसेली स्वरूप गायिका रचना रिमाल, एलिना चौहान र समीक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । गीतकार घनश्याम ओलीको शब्द रहेको गीत ‘आयौँ चेली माइती सम्झेर...’ मङ्गलवार गज्जब टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा सङ्गीत दीपक शर्मा, एरेन्ज कृष्ण वि.क. मिक्सिङ श्यामश्वेत रसाइलीको रहेको छ । सार्वजनिक गीतको म्युजिक भिडियोको छायाङ्कन नवराज उप्रेती, सम्पादन अमन मानन्धरको रहेको छ भने निर्देशन सरोज ओलीले गरेका छन् । भिडियोमा अल्का सुवेदी, सुकृति उप्रेती, उत्साह घिमिरे फिचर्ड छन् । भिडियो सरोज ओलीको निर्देशनमा बनेको हो ।