एक समय नेपाली फिल्म इन्डस्ट्रीमा एक्सन हिरोको रूपमा निकै चर्चित नायक  निखिल उप्रेती यति बेला आफ्नै घरमा छन् । लकडाउनले उनी आफ्नै परिवारसँग समय बिताइरहेका छन् । आफ्ना हरेक चलचित्रमा उनका फरक र दर्शकलाई अचम्मित बनाउने एक्सन दिने उप्रेती पछिल्लो समयमा उनी अध्यात्ममा लगाव राखिरहेका छन् । आकर्षक व्यक्तित्व रहेका उनी पछिल्लो समय आध्यात्मिक काम तथा व्यवहारमा तल्लीन छन् । लकडाउनका कारण घरमा नै रहेका उप्रेती फरक लुक्समा देखिएका छन् । सधैँ सफा चट्ट परेर छोटो कपाल र दाह्रीमा देखिने उनी लामो दारी र टाउकोमा फेटा सहित भिन्न अवतारमा देखिएका हुन् । उनले आफ्नो सामाजिक संजलामा यस किसिमको लकडाउन स्वरूप सार्वजनिक गरेका हुन् ।

लकडाउनले फेरिएको निखिल उप्रेतीको स्वरूप

उनको यस अवतारलाई धेरैले मन पराएका छन् । आध्यात्मिक जीवन शैली र विचारका साथ बाँचिरहेका उनको यस तस्बिर हेर्दा एक्सन स्टार निखिल मग्न र खुसी देखिन्छन् ।