गायिका तथा सञ्चार कर्मी अनिता चलाउनेको नयाँ तीज गीत सार्वजनिक भएको छ । हरेक वर्षको तीजमा झैँ यस वर्षको तीजमा पनि उनले नयाँ गीत ‘यस्तो बनोस् मेरो तीज’ सार्वजनिक गरेकी हुन् । गीतको भिडियो सहित बुधवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा विपिन किरणका शब्द तथा दीपक शर्माको सङ्गीतको रहेको छ । सार्वजनिक गीतको भिडियोमा चर्चित ट्विनी गर्ल प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा र सागर लम्साल 'बले' फिचर्ड छन् । भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् भने सुबोल थापाको नृत्य निर्देशन रहेको छ । गीतले यस वर्षको तीज फरक र सुन्दर रहोस् भन्ने भाव बोकेको छ भने पछिल्लो समय तीजका गीतमा देखिने गरेका भड्किला शब्द तथा भावबाट बाहिर रहेको छ । यसै गरी गीतको भिडियो पनि आकर्षक र सरल रहेको छ ।