सङ्गीतकार सन्तोष श्रेष्ठ गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । श्रेष्ठले बाह्र अन्तर्राष्ट्रिय भाषामा सङ्गीत गरेर वर्ल्ड रेकर्डमा सहभागी भएका हुन् । गिनिज वर्ल्ड रेकर्डले श्रेष्ठलाई विश्व कीर्तिमानी सङ्गीतकारमा सहभागी भएको प्रमाणपत्र प्रदान गरेको छ । उनको सङ्गीत मा नेपाली, हिन्दी, चाइनिज, जापानी, अङ्ग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेन, इटालियन, जर्मन, थाई गरी १४ भाषामा गीत रेकर्डिङ गरिएको थियो । जसमा डा । डी ।आर । उपाध्यायको शब्द रहेको छ ।