अभिनेत्री रेखा थापा बेला बेलामा चर्चामा आइरहन्छिन् । लकडाउनले घरमा नै रहेकी रेखा फेरी चर्चामा आएकी छिन् । उनी चर्चामा आउनुको कारण हो उनले योगा गरेको तस्बिर । उनले आफ्ना पर्सनल ट्रेनरका साथमा योगा गरेका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । उनले लकडाउनको बेलामा घरमा हुँदाको समय सदुपयोग गर्दै योगा गरिरहेको बताएकी छिन् । 'हामीले केही गर्दा, सोच्दा, बोल्दा, खाँदा वा फिल गर्दा पनि ब्यालेन्स हुन जरुरी रहन्छ । यसैले हामीलाई माथि पुर्‍याउनेछ । स्वास्थ्य रहनुस्, सकारात्मक रहनुस्' लेख्दै उनले केही तस्बिर आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् ।

सामाजिक संजालमा भाइरल रेखा थापाको योगा तस्बिर

उनले सेयर गरेका तस्बिरमा उनी योगा गर्नमा मस्त देखिन्छिन् । तस्बिरमा उनका पर्सनल ट्रेनर विजु पार्की पनि छन् । शरीरको माथिल्लो भागमा कपडा नलाएका विजु रेखासँगै योग अभ्यास गरिरहेका छन् । तस्बिरमा ट्रेनरले रेखाको काधमा हात राखेर हावामा आफ्नो शरीर उडाएका छन् । रेखाले ट्रेनरलाई थामिरहेकी छिन् । रेखाले यी तस्बिर सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा अडकल बाजी चल्न सुरु भएको छ ।

 लगभग १ वर्ष देखि जिम गरिरहेकी रेखाले लकडाउन सुरु भएपछि घरमै योगाभ्यास गर्न सुरु गरेकी हुन् । उनले योगा गरेरै व्यायाम गरेरै २० केजी भन्दा बढी घटाइसकेको बताएकी छिन् । विजु पार्की नेपालका चर्चित मोडल हुन् । भारतमा मोडलिङ गर्दै भारतीय कलाकारलाई जिम, योगा र डान्स गराउने विजु पछिल्लो समय नेपालमा स्थापित हुँदै छन् ।