बलिउड अभिनेता सुशान्त सिंहको मृत्युले सम्पूर्ण कला प्रेमी र कला कर्मी लाई नराम्रो सँग धक्का पुगेको छ । बलिउडमा विद्यमान नातावाद ग्रुपिजमको कारण सुशान्त डिप्रेसनको सिकार हुनुपरेको र यसले नै गर्दा उनले आत्महत्याको बाटो रोज्नु परेको थियो । सुशान्तले आत्महत्या गरेसँगै बलिउड मात्र होइन कलिउडमा पनि व्यथित समस्या बाहिर आइरहेका छन् । कला कर्मीले आफूले भोगेका समस्याहरू बाहिर ल्याइरहेका छन् र अरूलाई पनि अरूको कारण आफूलाई पिडामा पार्ने र आफ्नै जीवन जटिल नबनाउन आग्रह गरिरहेका छन् । यसै बिच गायिका ज्योति मगरले आफूले भोगेको समस्या बाहिर ल्याएकी छिन् । बेला बेला अनेक विषयलाई लिएर चर्चामा आइरहने मगरले आफू अहिले कुन स्थितिमा गुज्रिरहेको छु भन्ने जनाउँदै सामाजिक सञ्जालमा स्ट्याटस पोस्ट गरेकी छिन् । उनले उक्त पोस्टमा आफू विगत ५, ७ वर्षयता राम्रोसँग सुत्न नसकेको बताएकी छन् ।
उनले आफ्नो समस्या कति धेरै भएको र बताउन पनि चाहेको तर समस्या बताएपछि "शिल्पा पोख्रेल" को कानको जाली जस्तै फेसबुकमा रैला गर्ने बाटो मात्रै बन्यो भने समस्या अझ बढ्ने लेखेकी छिन् । उनी भन्छिन्, सायद मेरो निद्रासँग अझै धेरै सम्झौता गर्नुपर्छ होला । प्यार प्यारा दिदी बहिनीहरू तपाईँहरू पनि म जस्तै निद्रासँग सम्झौता गर्नुभएको छ भने आउनुहोस् । मेरो इनबक्समा दुःख सुखका कुरा गरौँ । भन्न नसकेको कुराहरू एक अर्कोसँग साटेर बेस्सरी आँसु झारौँ ' । उनको यस पोस्टले बाहिर बाट बेफ्रीक्री रमाइरहेको देखिने ज्योति पनि दुर्व्यवहार वा अन्य कुनै वादहरूको सिकार भएकी छिन् । जुन उनी बाहिर ल्याउन चाहन्छिन् तर सामाजिक सञ्जाल मा उडाइने इज्जतको धज्जी र थप मानसिक पिडाबाट गुज्रिन तयार छैनन् ।