बलिउडमा परिवारवाद र समूहवादलाई सुशान्त सिंहको मृत्युको जिम्मेवार मानिएको छ । उनले आत्महत्या किन गरे, यसबारे पत्ता लगाउन प्रहरी जुटिरहेको छ । तर सोसल मिडियामा उनले आत्महत्या गरे देखी नै विभिन्न अनुमान गरिएको छ । जसमा मुख्य कारण भनिएको छ परिवारवाद र समूहवाद । यसकै कारण बलिउडका फिल्म कर्मी यो करण जोहर, आलिया भट्ट, अनन्या पाण्डेयजस्ता सेलिब्रिटीले पनि यो विषयमा घृणाको सामना गर्नु परिरहेको छ । यो विवादमा जोडिएको अर्को नाम हो अभिनेत्री अंकिता लोखंडे जो सुशान्तकी पूर्व प्रेमी हुन् । अंकिता त विवादमा तानिइन् नै साथमा उनका प्रेमी बिकी जैनको नाम पनि जोडिएको छ । सुशान्तको मृत्यु पछि बिकिले सोसल मिडियामा लगातार घृणायुक्त कमेन्टको सामना खेप्नुपरिरहेको छ ।

जसको कारण उनले इन्स्टाग्रामको कमेन्ट सेक्सन बन्द गरेका छन् । इन्स्टाग्राममा खासै अपडेटेड नहुने विकीको पुरानो पोस्टमा नै नराम्रो कमेन्ट अत्यधिक आउन थालेपछि उनले यो कदम उठाएका हुन् । कमेन्टमा 'अंकितालाई छोडिदेऊ', 'तपाईँ अंकिताको लायक हुनुहुन्न उनी सुशान्त सिंहकी मात्रै हुन्',  'भाइ, तपाईँ नै उनीहरू बिच आएर यी दुईको सम्बन्धमा फाटो निम्त्याउनु भयो' लगायत कमेन्ट गरिएको छ । सुशान्त र अंकिता ६ वर्षसम्म लिभ इन सम्बन्धमा थिए तर सन् २०१६ मा उनीहरू छुट्टिएका थिए ।