हलिउड स्टार जोनी डीपले आफूमाथि झुटो आरोप लगाएको बताएका छन् । डीपले मङ्गलवार लन्डनको उच्च अदालतसमक्ष पूर्व पत्नी एम्बर हर्डले आफूमाथि झुटो आरोप लगाएको बयान दिएका हुन् । अमेरिकी अभिनेत्री एम्बरलाई आफूले कुटेको कुरा झुटो रहेको र उल्टै आफूमाथि प्रहार भएको जनाएका छन् । डीपले आफूलाई 'सन्स'को समाचार प्रकाशक र कार्यकारी सम्पादक अनि २०१८ मा 'वाइफ बिटर'(पत्नी पिट्ने) भनेर समाचार छाप्ने 'दान बुटन' विरुद्ध मुद्दा लड्ने भएका छन् । उनले पत्रिकाका वकिलले आफूले लागू औषध र रक्सी पिएका बेला एम्बरलाई कुटेको आरोप लगाएका थिए । डिपले अदालतमा पेस गरेको कागजातमा  एम्बर २०१५ मा विवाहहेतर सम्बन्धमा रहेको र इन्गेजमेन्टपछि पनि सह अभिनेतासँग उनको सम्बन्ध रहेको कुरा समेटिएको छ ।

एम्बरले भोड्काको बोतलले आफूलाई हिर्काउँदा औँलामा चोट लागेर अस्पताल लगेको तस्बिर पनि उनले अदालतमा पेस गरेका छन् । सन् २०१५ मा उनी दुईले बिहे गरेका थिए, बिहे भएको १५ महिनापछि एम्बरले अदालतमा डिभोर्सको फाइल केस गरेकी थिइन् । २०१७मा उनीहरूको डिभोर्स भएको थियो । डिपले आफूले १४ वर्षको उमेरदेखि लागु औषध सेवन गर्न थालेको कुरा भने अदालतको अगाडी स्वीकार गरेका छन् ।