सार्वजनिक भएको २४ घन्टा नबित्दै सार्वधिक हेरिएको ट्रेलर बनेको चलचित्र ‘ए मेरो हजु्र २’को ट्रेलर ट्रेडिङ नम्बर १ मा पूगेको छ । करिव दुई दशकको चलचित्र अभिनय यात्राको अनुभव संगाल्दै डेव्यु निर्देशनको तयारीमा रहेकी अभिनेत्री झरना थापाको निर्देशनमा निर्माण भएको चलचित्र ‘ए मेरो हजुर २’ ट्रेलर शुक्रबार साँझ अपलोड भएको थियो ।

 

ट्रेलर सार्वजनिक भएसँगै चलचित्रका मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिन मान बँनियाको जोडीलाई रुचाइएको छ । सुनिलकुमार थापाको निर्माणमा तयार भएको चलचित्रमा साम्राज्ञी र सलिनाको साथमा सलोन बस्नेत, वुद्धि तामाङ, अनुभव रेग्मी, विल्सन विक्रम राई लगायतको अभिनय रहेको छ । चलचित्र भदौ १६ मा रिलिज हुने  छ।