सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र 'दिल बेचारा'को टाइटल गीत सार्वजनिक भएको छ । एआर रेहमानको स्वर रहेको यस गीत सुशान्तले सुट गरेको अन्तिम गीत बन्न  । गीतलाई रेहमानले नै कम्पोज र एरेन्ज गरेका हुन् । गीतमा अमिताभ भट्टाचार्यको शब्द रहेको छ । मुकेश छाबडाले निर्देशन गरेको चलचित्रको गीतको भिडियोलाई फराह खानले कोरियोग्राफ गरेकी हुन् । निर्देशक छाबडाका अनुसार सुशान्तले यस गीत एक टेकमा नै सुट गरेका थिए । यस गीतको लागी सुशान्तले एक दिन मात्रै तयारी गरेका थिए । नृत्य निर्देशक खानले आफूलाई सुशान्त सँग काम गर्ने ठुलो  रहेको र यस गीतसँग धेरै सम्झना जोडिएको पनि बताएकी छिन् । गीत युट्युबमा सार्वजनिक भएको केही मिनेटमा नै दर्शकको राम्रो साथ पाइरहेको छ । गीत रिलिज भएको २ घण्टामा नै करिब ५ लाखले हेरिसकेका छन् भने गीतमा १३ लाख बढी लाईक आइसकेको छ । केही दिन अघि यस चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो जसलाई दर्शकले निकै मन पराएका छन् भने युट्युबमा कयौँ रेकर्ड समेत तोड्न सफल भएको छ ।

चलचित्र जुलाई २४ मा डिजिटल प्लेटफर्ममा रिलिज हुँदै छ । डिज्नी हटस्टारमा रिलिज हुने फिल्म निःशुल्क हेर्न पाइने बताइएको छ । ‘दिल बेचारा’ सन् २०१४ को सफल अमेरिकी चलचित्र ‘द फल्ट इन आवर स्टार्स’ को बलिउड रिमेक हो । बलिउडका सशक्त अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र भएका कारण पनि दर्शकले यसलाई निकै प्रतीक्षा गरिरहेका छन् ।