बलिउड अभिनेता प्रभासको तेस्रो हिन्दी फिल्म ‘राधेश्याम’ बन्ने पक्का भएको छ । चलचित्र 'बाहुबली'बाट निकै चर्चा कमाएका प्रभास 'साहो' पछी चलचित्र ‘राधे श्याम’ मा देखिने भएका हुन् । चलचित्रमा प्रभासको जोडीको रूपमा नायिका पूजा हेगडे हुनेछिन् । २०२१ मा रिलिज हुने भनिएको यस चलचित्रको फस्ट लुक समेत सार्वजनिक गरिएको छ जसमा प्रभास र पूजा रोमान्टिक अवतारमा देखिएका छन् । ‘राधेश्याम’लाई राधाकृष्ण कुमारले निर्देशन गर्ने छन् भने भूषण कुमारले निर्माण गर्ने छन् । चलचित्रलाई हिन्दी, तेलुगु, तमिललगायतका भाषामा रिलिज गरिनेछ । निर्माण पक्षले चलचित्रको कथावस्तुको बारेमा भने खुलाएको छैन । प्रभासका फ्यानको लागी यस चलचित्र एक सप्राइज प्याकेज हुने अनुमान लगाउन सकिन्छ ।