गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीको नयाँ गीत सार्वजनिक भएको छ । गायक बुढाथोकी र सबिता भण्डारीको स्वर रहेको 'सरी सङ' (फकाउने गीत ) युट्युबमा सार्वजनिक गरिएको हो । गायक बुढाथोकी कै शब्द सङ्गीत तथा एरेन्ज रहेको गीतको भिडियो सहित सार्वजनिक गरिएको छ । कार्टुन क्रुका सरोज अधिकारी र आष्मा विश्वकर्मा फिचर्ड गीतको भिडियो निर्देशन गम्भीर विष्टले गरेका हुन् । गीत मा नृत्य निर्देशन सुबोल थापाले गरेका हुन् भने सरोज र आष्माको साथमा एलिना ठकुरी, अर्बिन्द महतो, सहिल शाह लगायत पनि फिचर्ड छन् । गीतले रिसाएकी मायालुलाई फकाउन र शङ्का गर्ने बानीलाई हटाउनु पर्छ भन्ने भाव बोकेको छ । गीतको अडियो र भिडियो सशक्त छ ।