केही समय अघि ट्रेलर सार्वजनिक गरेको चलचित्र ‘ग्याङस्टार ब्लूज’को पहिलो पोस्टर सार्वजनिक भएको छ । हेमराज बिसीको निर्देशनमा बनेको चलचित्र ‘ग्याङस्टार ब्लूज’को पोस्टरमा नायक आशिरमान देशराज जोशी र आना शर्मा हात समातेर कतै भागीरहेको देख्न सकिन्छन् ।

भदौ २ गतेबाट रिलिज हुने चलचित्रलाई सरोज न्यौपानेले निर्माण गरेको हुन् । चलचित्रमा आशिरमान र आनाका अलवा चलचित्रमा संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरि, अरुणा कार्की, नरेश पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।