अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेको आज जन्मदिन परेको छ ।लकडाउनले गर्दा घरमा नै रहेका उनि आज आफ्नो जन्मदिन परिवार र निकट व्यक्तिहरुसँग मनाउँदै छन् । नेपाली रङ्गमञ्चबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले 'टलक जङ्ग भर्सेज टुल्के' र 'पशुपतिप्रसाद' जस्ता सफल र उत्कृष्ट चलचित्र नेपाली फिल्म इन्डस्ट्रीलाई दिएका छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय थिएटर फेस्टिभलमा सहभागी भएका उनी बिबिसी नेपाली सेवाको रेडियो नाटक 'कथा मिठो सारङ्गीको'बाट पनि निकै चर्चामा आएका हुन् । यस कार्यक्रमले अन्त राष्ट्रिय अवार्ड समेत पाएको थियो । उनको चलचित्र'टलक जङ्ग भर्सेज टुल्के'ले नै हो जसले उनलाई नेपाली फिल्म इन्डस्ट्रीमा एक कुशल निर्देशक कलाकार र लेखकको परिचय दिलायो । उनले चलचित्र धनपती, वधशाला, जय भोले लगायत चलचित्रमा पनि सम्झिन योग्य चरित्र निभाएका छन् । उनको आगामी चलचित्र हो 'पानी फोटो' जसलाई लामिछाने आफैले लेखन तथा निर्देशन गर्दै छन् । उनको डेब्यु चलचित्र भने वधशाला हो । स्याङ्जामा जन्मिएका नेपाली रङ्गमञ्च र फिल्म इन्डस्ट्रीमा एउटा नयाँ आयाम ल्याउन सफल लामिछानेलाई जन्मदिनको शुभकामना!!