चलचित्र ‘ग्याङस्टार ब्लुज’को आइटम गीत सार्वजनिक भएको छ । ‘अबला’ बोलको आइटम गीत बुधबार युट्युब मार्फत सार्वजनिक भएको हो । बानिका प्रधान र कालिप्रसाद बास्कोटाको स्वरमा रहेको सार्वजनिक गीतमा मानस, कालीप्रसाद र एकतारेको शब्द र कालिप्रसादको संगीत रहेको छ ।

 

गीतमा सृष्टि कार्कीले नृत्य गरेकी छिन् । हेमराज बीसीले निर्देशन गरेको फिल्ममा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ ।