नयाँ तिज गीत ‘छन् छन् चुरा’ सार्वजनिक भएको छ । गायिका मेलिना राई र गायक सुरज श्रेष्ठको आवाजमा रहेको ‘छन् छन् चुरा’ बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा शंखर लामिछानेको शब्द तथा सङ्गीत रहेको छ । सार्वजनिक गीतको भिडियोलाई निर्देशक प्रिस्पन कार्कीले निर्देशन गरेका हुन् भने पछिल्लो समय म्युजिक भिडियोमा हिट जोडी रियासा दाहाल र सुधिर श्रेष्ठ फिचर्ड छन् । गीत बुद्ध स्याङ्गबाले एरेन्ज गरेका हुन् भने छायाङ्कन नरेश अयेरले गरेका छन् । भिडियो नवीन निरौलाले सम्पादन गरेका हुन् । हिन्दु नारीहरिको महान् चाड तीजको मर्म र रौनक गीतमा समेटिएको छ ।