नेपाली हिन्दु महिलाहरूको महान चाड तीज नजिकिँदै छ । सङ्गीतको चाड मानिने यस तीजको अवसरमा एक पछि अर्को गर्दै नयाँ तीज गीतहरू सार्वजनिक भइरहेका छन् । यसैबिच समीक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा नयाँ तीज गीत सार्वजनिक भएको छ । ‘तिज आयो’ बोलको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलको सङ्गीत रहेको गीतमा लोकराज अधिकारीको शब्द रहेको छ । सार्वजनिक गीतको भिडियोमा नम्रता सापकोटा, आकेशा पोख्रेल, रोहबिन पोख्रेल र उजेश न्यौपानेले कम्मर हल्लाएका छन् । म्युजिक भिडियोको निर्देशन त्रिशा केसीले गरेकी हुन् भने कोरियोग्राफी तेञ्जु योञ्जनले गरेका हुन् ।