'महानायक' बारे बोल्दा विवादमा आएकी दीपाश्री निरौलालाई माफी दिन महानायक राजेश हमालले आफ्ना शुभ चिन्तकलाई आग्रह गरेका छन् । निरौलाले 'राजेश हमाल महानायक हो र ?' भन्दै दिएको अभिव्यक्तिलाई आधार मानेर हमालका फ्यानले उनी माथि चर्को आलोचना गरेका थिए । आलोचना निकै असह्य र व्यक्तिगत चरित्र हत्या तर्फ बढ्न थालेपछि हमालले मध्यरातमा एक भिडियो सेयर गर्दै माफीको लागि अनुरोध गरेका हुन् । यस विषयमा व्यक्तिगत रुपमा मौन रहेका हमालले  राती सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सेयर गरेर यस विवादलाई नलम्ब्याउन आग्रह गरेका हुन् । उनले राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफी दिनुहोला भनेका छन् । उनले 'यहाँहरूबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राख्दछु । कलाकारहरूलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्दछु' भन्दै एउटा कलाकारलाई आफ्नो क्षमता पस्किन सधैँ प्रेरित गर्न पनि दर्शकसँग अपिल गरेका छन् । भिडियोमा उनले आफुमा यी सबै कुराहरु सहज रुपमा लिएर मनन गरेर अगाडी बढ्ने सहिष्णुता भएको दर्शकले पनि यी कुरालाई ठुलो नलिन आग्रह गरेका छन् र सहिष्णुता बढाउन सकारात्मक हुन आग्रह गरेका हुन् । भिडियोमा हेरौँ के भन्छन् उनी: