हास्य कलाकार सागर लम्साल 'बले' फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय म्युजिक भिडियोमा निकै सक्रिय कलाकार लम्साल अभिनित 'धोका भो' बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा सन्तोष सुनारको स्वर रहेको छ । गीतमा शब्द तथा सङ्गीत रहेको छ । गीतमा सागरको साथमा रोशनी कार्कीको अभिनय रहेको छ । मनोज बस्नेतको कन्सेप्ट र निर्देशन रहेको भिडियोलाई राजकुमार केसीले खिचेका छन् । भिडियोमा प्रेम गर्ने जोडी जातको कारणले पिडामा परेको कुरा प्रस्तुत गरिएको छ । गीत तथा भिडियो निकै मार्मिक र यथार्थ परक छ ।