नेपाल आइडलमा हाल टप ९ मा पर्न सफल गायक सुरज थापाको नयाँ गीत सार्वजनिक भएको छ । विगत लामो समय देखि गीत संगीतमा सक्रिय गायक सुरजले केही समय अघि ‘क्रन्दन’ एल्बम बजारमा ल्याएका थिए । यसै एल्बममा समावेश भएको बहुला हुँ म बहुला गीत तथा भिडियोले उनलाई चर्चा दिएको थियो । यतिबेला सुरजले सोही एल्बममा समावेश भएको गीत ‘ओ प्रिया..’को म्युजिक भिडियो बजारमा ल्याएका छन् ।
शब्द संगीत तथा स्वर समेत गायक थापा कै रहेको उक्त गीत को भिडियोलाई हरी हुमागाईले निर्देशन गरेका हुन। भिडियो उत्तम हुमागाईले छायाङ्कन गरेका हुन। निराजन प्रधान र सुमी मोक्तान अभिनित उक्त भिडियोको सम्पादन निशान घिमिरेले गरेका छन।