गायक प्रताप दासको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । 'फोटो फिरिममा' बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीत दर्शक श्रोताले निकै मन पराइरहेका छन् । गीतमा गीतकार तथा कलाकार शिशिर भण्डारीको शब्द तथा सङ्गीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा शिशिर भण्डारीका साथमा कलाकार रिस्ता बस्नेत, निक्स शर्मा, श्रद्धा गौतम, निरायु गौतम, निर्मल न्यौपाने र प्रवीण भट्टको अभिनय रहेको छ । सागरबाबु भट्टको निर्देशन रहेको 'फोटो फिरिममा' मुस्कान हालले निर्माण गरेका हुन् । गीत सार्वजनिक भएसँगै दर्शकले निकै मन पराएका छन् । यति बेला गीत युट्युब ट्रेन्डिङको चार नम्बरमा छ । यति बेला सम्म गीत करिब ५ लाखले हेरिसकेका छन् भने ७५०० ले प्रतिक्रिया दिएका छन् जसमा अधिकांश प्रतिक्रिया सकारात्मक छन् ।