एक वर्ष अगाडी रिलिज भएर दर्शकको अपार माया पाएको गीत 'मायालु तिमी कता छौ'को दोस्रो भाग सार्वजनिक भएको छ । राजनराज सिवाकोटी र स्मिता दाहालको स्वरमा रहेको 'मायालु तिमि कता छौ २' बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । पहिले कै भागको आफ्नो पनलाई यथावत राख्दै सार्वजनिक गरिएको गीतमा दिनेश थपलियाको शब्द र राजनराजको सङ्गीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन् । गीतको अघिल्लो भागको भिडियोमा भिडियोमा 'द कार्टुन क्रु'को रोचक प्रस्तुति रहेको थियो । विक्रम स्वरको कन्सेप्ट कोरियोग्राफी रहेको भिडियोमा बाल कलाकार अरविन खड्का र एञ्जल राईको पनि प्रस्तुति रहेको छ ।  नवराज उप्रेतीले खिचेको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन भने सरोज ओलीले निर्देशन गरेका हुन् । गीतको अडियो र भिडियो निकै सुन्दर बनेको छ भने गीत गज्जब टिभीको युट्युब च्यानलमा हेर्न सकिन्छ ।