म्युजिक भिडियो ‘पिरतीको गुन्द्री’ सार्वजनिक भएको छ । गीतमा डेभिड शङ्कर र बिनी श्रेष्ठको आवाज रहेको छ । विष्णु विरही श्रेष्ठको शब्द रहेको गीतमा दीपकराज विश्वकर्माको सङ्गीत रहेको छ । बिहीबार युट्युबमा सार्वजनिक गरिएको गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । रोमान्टिक गीतको भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् । राजधानीमा एक कार्यक्रमका बिच गीत रिलिज गरिएको हो । भिडियो रिलिज पूर्व पिरतीको गुन्द्री टिमले मिडियासँग अन्तर्क्रिया गरेको थियो । कार्यक्रममा सरोज र आश्मा सहित निर्देशक वाइवा, सङ्गीतकार दीपकराज विश्वकर्मा, गायक डेभिड शङ्कर, रचनाकार विष्णु विरही श्रेष्ठ उपस्थित थिए । गीत निकै मेहनत गरेर बनाएको र दर्शकले मन पराउने आशा टिमले लिएको छ । गीत रिलिज भएसँगै दर्शकको राम्रो प्रतिक्रिया आइरहेको छ । गीत को भिडियो उत्सव दाहालले खिचेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् ।