यही साउन ५ गते २१ औँ अरुण थापा स्मृति दिवस मनाइने भएको छ । दिवङ्गत गायक स्व. अरुण थापा स्मृति दिवस २०७७ भक्तपुरमा मनाइने भएको हो । शुभारम्भ द म्युजिकल जर्नी तथा भक्तपुर साङ्गीतिक समाजले हरेक वर्ष साउन ५ का दिन अरुण थापाको स्मृति दिवस मनाउँदै आएको छ । यस वर्ष पनि यसलाई निरन्तरता दिँदै कोभिड–१९ को महामारी तथा लकडाउनका कारण यो वर्ष भने कार्यक्रम सिमित र थोरै कलाकारको उपस्थितिमा आयोजना हुने भएको छ । यद्यपि कार्यक्रमलाई विभिन्न सामाजिक सञ्जालमार्फत लाइभ गरेर मनाउन लागिएको समेत आयोजक संस्थाले जनाएको छ । आयोजकले यस कार्यक्रमका लागि कलाकारको चयन प्रक्रिया प्रारम्भ गरिसकेको जानकारी दिएको छ ।