देश प्रेम र सम्मानले भरिएको गीत ‘मेरो देश नेपाल’ सार्वजनिक भएको छ । नेपालका १६ जना गायक गायिकाको स्वर रहेको राष्ट्र गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो । सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत र सङ्गीत संयोजन रहेको गीतमा अम्बिका शर्माको शब्द रचना छ । गीतमा राजेश पायल राई, प्रमोद खरेल, अर्जुन पोखरेल, राजु परियार, राज सिग्देल, कृष्ण काफ्ले, मेलिना राई, अनिता चलाउने, बुद्ध लामा, निशान भट्टराई, अस्मिता अधिकारी, समीक्षा अधिकारी, किरण भुजेल र प्रवीण बेडवालको स्वर रहेको छ । अनिता चलाउनेको प्रस्तुतिमा बनेको गीतको भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोलाई उत्सव दाहालले छायाङ्कन र विकास दाहालले सम्पादन गरेका हुन् । निर्देशक विधान यति बेला धेरै भिडियो निर्देशनमा व्यस्त छन् । नेप्सिने कम्पनी र द डिभाइन म्युजिकको सहकार्यमा भिडियो बजारमा ल्याइएको हो । भिडियोमा गायक गायिकालगायत गीतकारलाई नै फिचर्ड छन् ।  गीतले देश प्रेम स्वाधीनता र एकताको भाव र सन्देश बोकेको छ ।