नेपाली सिने नगरीमा दुई दशक बिताइसकेकी नायिका हुन् – झरना थापा । ‘दाइजो’ चलचित्रबाट डेव्यु गरेकी झरनाले ‘जीवनसाथी’, ‘सुख दुःख’, ‘मुग्लान’ लगायतका दर्जनौ चलचित्रमा काम गरिसकेकी छिन् । लामो समय नायिका भएर काम गरेकी झरनाले आफ्नो परिचयको दायरालाई समेत फराकिलो बनाउँदै लगेकी छिन् । नायिकामा मात्र सीमित नभई झरना निर्देशक समेत भएकी छिन् । उनी निर्देशित चलचित्र ‘ए मेरो हजुर २’ यति बेला प्रदर्शनको तयारीमा रहेको छ । करिब २० वर्ष देखि सिनेमामा काम गर्दै आएकी झरनाको फयन फलोइङ पनि राम्रो छ । नयाँ पत्रिकाको फ्यान संवादमा झरनाले आफ्नो फ्यानहरुको बारेमा केही खुलासा गरेकी छिन् ।

झरनाले उक्त अन्तर्वातामा श्रीमानकै अगाडी रगतले लेखेको चिठी पठाउने फ्यान भेटेको बताएकी छिन् । श्रीमान् (सुनिलकुमार थापासँग घरमा बसिरहन्दा हुलाकबाट आएको चिठीमा रगतले ‘म तिमीलाई एकदमै माया गर्छु, सधैँ प्रगतिको कामना गर्छु, खुसी रहनु’ लेखिएको झरना बताउछिन् ।  त्यस्तै दिनरात फोन गरेर हैरान बनाउने एक जना फ्यानलाई हुनमानढोका प्रहरीमा बुझाउन बाध्य भएको झरना बताउछिन् ।