चर्चित तथा लोकप्रिय गायिका इन्दिरा जोशीको आज जन्मदिन परेको छ । गायिका साथै मोडल समेत रहेकी उनी आज आफ्नो आज आफ्नो ३३औँ जन्मदिन मनाउँदै छिन् । बाबु आमाका सात ओटा सन्तानहरू मध्ये उनी पाचौं सन्तानको रूपमा नवलपरासी जिल्ला, परासी बजारमा जन्मिएकी उनी नेपालकी साकिरा भएर पनि चिनिन्छिन् । उनको गायकी र प्रस्तुति दर्शकले निकै रुचाउँछन् । साउन ३ गते नवलपरासीमा जन्मेकी गायिका जोशी चलचित्र लुटको आइटम गीत 'उध्रेको चोली' बाट निकै चर्चामा आएकी हुन् । सानैदेखि गायन र नृत्यमा रुचि राख्ने गायिका जोशी गायन रियालिटी सो 'नेपाली तारा'को पाचौं स्थानसम्म पुगेकी थिइन् । उनका चौबन्दी चोली अनि रातो घांगर, बेहुली, मोटरसाइकलमा, रेलिमाई, उध्रेको चोली, मरी लानु के छ र लगायत दर्जनौँ गीतहरू सार्वजनिक छन् । सुरिलो स्वरकी धनी अनि दर्शक श्रोताकी प्रिय गायिका इन्दिरा जोशीलाई जन्मदिनको शुभकामना !!