राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चर्चित चलचित्र 'कालो पोथी'का निर्देशक मीन बहादुर भाम यति बेला आफ्नो नयाँ चलचित्रको लागि तयारी गर्दै छन् । उनको आगामी प्रोजेक्ट रहेको छ 'द इयर अफ कोल्ड' (चिसो वर्ष) । यस चलचित्र निकै प्रतीक्षा गरिएको चलचित्र हो भने मीन भामको ड्रीम प्रोजेक्ट पनि हो । उनी यस चलचित्रलाई लिएर केही पहिला देखी नै तयारी गरिरहेका छन् । यस चलचित्रले भर्खरै टर्कीमा निकै ठुलो धन राशिको अवार्ड जितेको छ । 'टि आर टि १२ पुन्टो स्क्रिप्ट ल्याब' नामक अवार्ड हात पारेको हो । अवार्डको पुरस्कार राशि ७५,००० युरो अर्थात (रु १,०३,००,०००) रहेको छ । यस चलचित्र २०२० को अप्रिल मे मा छायाङ्कन हुने भनिएको थियो । तर विश्वभर महामारीको रूपमा फैलिएको कोभिडले स्थगित भएको छ । यस चलचित्रलाई सोनी फिल्म्स्ले निर्माण गर्दै छ । चिसो वर्षमा आफ्ना हराएका श्रीमान खोज्नका लागि गर्भवती पेमा र बौद्ध भिक्षु कर्मा हिमालयको एक लामो यात्राको कथा छ । पितृसत्तात्मक समाजमा एउटा महिलाले पहिचानका लागि गर्नु पर्ने सङ्घर्षलाई मिहिन रूपमा प्रस्तुत गरेको भन्दै चिसो वर्षलाई पुरस्कारका लागि योग्य ठहराएको हो । यस अघि भामको यस प्रोजेक्टको लागी कान्स फिल्म फेस्टिभलमा  नर्वेजियन पुरस्कार जितेको थियो भने एसियन सिनेमा फन्ड(उक्त फन्डको राशि १० हजार अमेरिकी डलर थियो), स्वीटजरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलमा ६ हजार युरो करिब ८ लाख रुपैयाँ जितेको थियो ।