करिब ३ वर्ष अगाडी वैवाहिक जीवनमा बाँधिएकी अभिनेत्री उषा पौडेलको सम्बन्ध विच्छेद भएको छ । अमेरिकामा रहँदै आएका उषा र उनका पति नायक सुधांशु जोशी वैवाहिक जीवनबाट अलग भएका हुन् । यी दुई करिब ६ महिनादेखि अलग–अलग बस्दै आएका थिए । अमेरिकाको भर्जिनियामा बस्दै आएका सुधांशुले नायिका उषा पौडेलसँग दोस्रो बिहे गरेका थिए । उषा र सुधांशुले तीन वर्ष अघि नै विवाह गरे पनि विवाह दर्ता भने गरेका थिएनन् । उषाले बारम्बार बिहे दर्ताको कुरा निकाल्दा सुधांशुले नमानेपछि उनीहरूबिच कलह सुरु भएको बुझिएको छ । सम्बन्ध राम्रो हुन नसके पछि उषा बाल्टिमोरमा बस्न थालेकी थिइन् । उनीसँग सुधांशुले कुरा गर्न खोजेको तर कुरा सहमति हुन नसकेको बुझिएको छ ।