पछिल्लो समयका चर्चित गायक दुर्गेश थापाको नयाँ गीत सार्वजनिक भएको छ । शनिवार युट्युबमा 'बिच्च बिच्चमा ३ बेसार' सार्वजनिक गरिएको हो । दुई हप्ता अघि 'बिच्च बिच्चमा २' निकालेर चर्चामा आएका दुर्गेशको यस गीत पनि सार्वजनिक भएसँगै चर्चामा आएको छ । गीतमा वसन्त थापाको शब्द तथा सङ्गीत रहेको छ भने सङ्गीत संयोजन कृष्ण विकले गरेका हुन् । इनाक्षी इन्टरनेटमेन्टले तयार पारेको अडियो तथा भिडियोलाई काजिल श्रेष्ठले निर्देशन गरेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । भिडियोमा दुर्गेश थापाका अलावा जीबी चिरन, काजिस श्रेष्ठ, जीवन क्षेत्री, लोमस शर्मा, सन्तोष बानियाँ र प्रेम खड्का फिचर्ड छन् । तीजको भाकामा तयार पारिएको यो गीतले नेपालको पछिल्लो राजनीतिक अवस्था र कोरोना भाइरस रोकथामको लागी सरकारले गरेको लापरबाहीलाई व्यङ्ग्य गरेको छ । गीतमा ‘बेसार’ शब्दलाई पनि व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको छ । गीत तथा भिडियोलाई दर्शक श्रोताले निकै मन पराएका छन् । गीत लाई यति बेला सम्म करिब साढे ४ लाखले हेरिसकेका छन् भएन ट्रेन्डिङमा  पनि परिरहेको छ ।