कलाकार कुमार कट्टेल जिग्रीको आज जन्मदिन परेको छ । चर्चित हाँस्य कलाकार कट्टेल आज आफ्नो ३१ औँ जन्मदिन मनाउँदै छन् । वि.सं २०४६ सालमा सोलुखुम्बुमा जन्मिएका कट्टेल एक कुशल कलाकारका साथमा स्क्रिन लेखक पनि हुन् । मेरी बास्सैबाट कलाकारितामा प्रवेश गरेका उनी 'जिग्री' नामले चिनिन्छन् । उनले मेरी बास्सैका साथमा सिस्नो पानी झ्याम्मै, भद्रगोल हुँदै सक्किगोनीसम्म अभिनय गरेका छन् । भद्रगोल सम्म आइपुग्दा उनी एक कुशल कलाकारको साथमा निर्देशक तथा लेखकको रूपमा चिनिएका छन् । जन्मदिनका अवसरमा कट्टेलले दुबईमा अलपत्र महिलालाई हवाई भाडा दिने घोषणा गरेका छन् । झापा घर भएकी ती महिला दलालमार्फत भारतको बाटो हुँदै दुबइ पुगेर अलपत्र परेको र पीडामा रहेका जानकारी पाएपछि कट्टेल सहयोगका लागि अघि सरेका हुन्‘मैले मेरो जन्मदिन खुशियाली साथ मनाउनुको सट्टा उक्त दुखमा रहनु भएकी नेपाली चेलिलाई दुबईबाट नेपाल फर्कने प्लेन टिकेटको खर्च ब्यहोर्ने निर्णय गरेको छु,’ कट्टेलले फेसबुकमा लेखेका छन् । दर्शकको मनमा बस्न सफल कलाकार तथा समाजसेवी कुमार कट्टेल 'जिग्री'लाई जन्मदिनको शुभकामना!!